शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

सर्वोच्चले दियो गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता

कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित
सर्वोच्चले दियो गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता
काठमाडौं, वैशाख ४ :

सर्वोच्च अदालतले गगनकुमार थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ ।  विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै  निर्वाचन आयोगको निर्णयलाई नै सर्वोच्चले सदर गरेको हो । 

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो । पक्ष-विपक्षको बहस सकेपछि अदालतले अन्तिम फैसला सुनाएको हो ।

यो फैसलासँगै शेरबहादुर देउवा पक्षले दर्ता गरेको रिट खारेज गर्दै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ ।

पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापतिमा चयन गरेको थियो । निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष माघ ४ मा सर्वोच्च अदालत गएको थियो । 

यसैबीच देउवा पक्षका नेता विमलेन्द्र निधिले सर्वोच्चले दिएको फैसलालाई स्वीकार नगर्ने बताएका छन् । निधिले अब कसरी अघि बढ्ने भन्ने सम्बन्धमा आफ्नो पक्षका नेताहरूसँग छलफल गरेपछि तय हुने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार