बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश मधेस प्रदेश

वीरगञ्जको मुख्य सडक दायाँबायाँ पर्ने अतिक्रमित संरचनाहरु आईतबार बिहानैदेखि भत्काइदै

रातभरमा संरचना खाली गर्न प्रशासनको आग्रह
सक्रिय न्युज · शनिबार, ५ वैशाख, २०८३ मा प्रकाशित
वीरगञ्जको मुख्य सडक दायाँबायाँ पर्ने अतिक्रमित संरचनाहरु आईतबार बिहानैदेखि भत्काइदै
पर्सा, वैशाख ५ :

पर्सा वीरगञ्जको मुख्य सडक दायाँबायाँ पर्ने अतिक्रमित संरचनाहरु भोली बिहान ४:३० बजेदेखि नै भत्काइदैछ ।

करिब १३ वर्षदेखि रोकिएको गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकको दायाँ–बायाँ २५/२५ मिटर चौंडा बनाउन आवश्यक स्थानका संरचना भत्काउन लागिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

यसका लागि डोजर, जेसीबी र एक्साभेटर गरि १३ वटा उपकरणहरु तयारी अवस्थामा राखिएका बताईएको छ।

वीरगन्जको विभिन्न ५ स्थानबाट एकैसाथ डोजर लगाएर सडक विस्तारको काम सुरु गरिने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । 

सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकहरुलाईआग्रह गरेको छ । पर्सा १ र २ का प्रतिनिधि सभा सदस्य, सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, महानगर, वीरगञ्ज उद्योग वाणिज्य संघ, अन्य सरोकारवाहरु सम्मिलित शनिबार साँझ बसेको बैठक पछि प्रशासनले विज्ञप्ति मार्फत संरचना खालि गर्न आग्रह गरेको हो  ।

सर्वोच्च अदालतले मिति २०८१ फागुन २८ गते अतिक्रमित संरचना भत्काउन आदेश दिएको थियो । सो  फैसला बमोजिम संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन हेटौंडाले वीरगञ्ज महानगरसँग सहयोग माग गरेको बताउँदै यस कार्यमा सहयोग गर्न महानगरप्रमुख राजेशमान सिंहले सबैसँग आग्रह गर्नुभएको छ ।

डोजर चलाउन  तय गरिएको क्षेत्रमा सरकारी कार्यालयका २९ वटा भवन तथा व निजी गरि करिब १ हजार २ सय  को संख्यामा घर संरचनाहरु रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार