शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

गृहमन्त्री गुरुङले भने- अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
गृहमन्त्री गुरुङले भने- अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार छु
फाइल तस्बिर ।
काठमाडौं, वैशाख ७ :

गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायीसँगको सम्बन्धबारे उठेका आरोपहरूमा अनुसन्धान गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विवादित व्यक्तिसँग साझेदारीको आरोप अस्वीकार गर्दै सेयर किन्नु प्रत्यक्ष साझेदारी नभएको र छानबिन प्रक्रिया अघि बढेको बताएका छन्।

सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको सेयर लगानी स्पष्ट रूपमा खुलाइएको र सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको उनको दाबी छ। उनले भने,‘स्रोतबारे उठेका प्रश्नमा उनले लगानीका लागि प्रयोग भएको रकम ऋणमार्फत जुटाइएको र त्यससम्बन्धी लिखित तमसुक तथा बैंक रेकर्ड उपलब्ध रहेको गराइनेछ ।’गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै आरोप र वास्तविकता फरक हुने बताएका छन्।

‘म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्। निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ उनले उल्लेख गरेका छन्।  पार्टीले गर्ने जुनसुकै निर्णय आफूले पूर्ण रूपमा पालना गर्ने भन्दै उनले हल्ला होइन, प्रमाणमा आधारित भएर निष्कर्षमा पुग्न पनि आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार