बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार #सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार
राजनीति

राजदूतहरुद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
राजदूतहरुद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
काठमाडौं, वैशाख ७ :

विभिन्न मुलुकका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

समारोहमा गाम्बियाका गैरआवासीय राजदूत मुस्तफा जवारा, क्यानडाका गैरआवासीय राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका गैरआवासीय राजदूत तोमाज मेन्सिन र अल्जेरियाका गैरआवासीय राजदूत अब्डेनोर खेलिफीले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई यसअघि लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार