आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

संसद्को बजेट अधिवेशन वैशाख १७ देखि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
संसद्को बजेट अधिवेशन वैशाख १७ देखि
काठमाडौं, वैशाख ९ :

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा ९३ मा  मा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ। 

यो  बजेट अधिवेशन समेत भएको हुँदा बजेटका बारेमा छलफल गर्न पनि बैठक आह्वान गरिएको हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नेछ । जेठ १५ भित्र संसद्बाट बजेट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ । 

राष्ट्रपति पौडेलले गत चैत १८ गते सरकारको सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेका थिए । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार