बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल #रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की#सवारीचालक ट्राफिक कारबाहीमा#राष्ट्रपति रामचन्द्र पौडेल
समाचार अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक १७ अङ्कले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० वैशाख, २०८३ मा प्रकाशित
नेप्से परिसूचक १७ अङ्कले घट्यो
काठमाडौं, वैशाख १० :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ७८७ दशमलव १५ को बिन्दुका कायम भएको हो । यो शून्य दशमलव ६० प्रतिशतले घटेको हो । विगत चार कारोबार दिनयता शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।

अघिल्लो दिन दुई हजार ८०४ अङ्कमा रहेको बजार आज दुई हजार ७८७ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । अघिल्लो दिन सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएकामा आज उक्त रकम घटेर रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ मा पुगेको छ ।

आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घट्नुका साथै सात कम्पनी स्थिर रहेका छन् । आज ३४८ कम्पनीको एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता शेयर ९३ हजार ९०७ पटक खरिदबिक्री हुँदा रु रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

उत्पादन तथा प्रशोधन शून्य दशमलव ६० र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका परिसूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा बढी एक दशमलव ४२ प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ७६, विकास बैंक शून्य दशमलव शून्य आठ, फाइनान्स एक दशमलव शून्य छ, हाइड्रोपावर एक दशमलव शून्य पाँच, लगानी शून्य दशमलव ५३, जीवन बिमा शून्य दशमलव ४३, माइक्रोफाइनान्स शून्य दशमलव ५३, निर्जीवन बिमा एक दशमलव १९ तथा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार