बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

वायुको गुणस्तर खस्किँदा काठमाडौं बन्यो विश्वकै प्रदूषित सहर

आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ वैशाख, २०८३ मा प्रकाशित
वायुको गुणस्तर खस्किँदा काठमाडौं बन्यो विश्वकै प्रदूषित सहर
काठमाडौं, वैशाख १३ :

 वायुको गुणस्तर अत्यधिक खस्किँदा काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ। वायु गुणस्तर मापन गर्ने संस्था एयर आइक्यूका अनुसार हाल काठमाडौं प्रदूषणको हिसाबले विश्वकै शीर्ष स्थानमा रहेको छ भने भारतको नयाँ दिल्ली दोस्रो स्थानमा परेको छ।

पश्चिमी वायु प्रणाली तथा स्थानीय प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको मौसम देखिएको छ। काठमाडौंमा बिहानीपख हल्का वर्षा भए पनि त्यसपछि आकाश पुनः धुम्मिएको छ, जसले प्रदूषणको स्तर अझै उच्च रहेको संकेत गर्दछ।

वायु प्रदूषणका कारण दृश्यता (भिजिबिलिटी) कमजोर बन्दा बिहानपख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आउँदै गरेका तीन अन्तर्राष्ट्रिय उडानसहित केही आन्तरिक उडानहरू डाइभर्ट गर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ।

हालको अवस्थाले जनस्वास्थ्यमा समेत असर पार्ने देखिएकाले सरोकारवालाहरूले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार