
काठमाडौं, वैशाख १५ :
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षमा नेताहरू छलफलमा जुटेका छन् । धुम्बाराहीस्थित होटल स्मार्टमा भएको बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य, जिल्ला सभापति र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापति सहभागी छन्।
आजको बैठकमा खड्का पक्षका नेताहरूले कांग्रेसको आन्तरिक विवाद, समसामयिक राजनीति र आगामी रणनीतिबारे छलफल हुने जनाएका छन्। वैशाख ४ मा गगन थापा नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतबाट वैधता पाएपछि खड्का पक्ष आन्तरिक रणनीति बनाउन निरन्तर छलफलमा जुट्दै आएका छन्।
कांग्रेस सभापति गगन थापाले सवै पक्षलाई मिलाए लैजाने भने पनि त्यति सहज भने देखिदैन । सम्मानजनक सहभागिता हुनुपर्ने खड्का पक्षको अडानले पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ ।