मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
समाचार प्रदेश बागमती प्रदेश

मेयर चिरिबाबु महर्जन भन्छन्- ललितपुर महागनरमा सुकुमबासी समस्या छैन

ललितपुरका नदी किनारका क्षेत्रमा पार्कहरू निर्माण भइसके
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ वैशाख, २०८३ मा प्रकाशित
मेयर चिरिबाबु महर्जन भन्छन्- ललितपुर महागनरमा सुकुमबासी समस्या छैन
ललितपुर, वैशाख १८ :

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगर क्षेत्रमा सुकुम्बासी समस्या नरहेको दाबी गरेका छन्।

शुक्रबार २५७०औँ बुद्ध जयन्तीको अवसरमा संयुक्त राष्ट्र सङ्घीय कार्यालयको परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफू नेतृत्वमा आएपछि सार्वजनिक जग्गाको अतिक्रमण सहज रुपमा समाधान गरेको भन्दै नदी किनारका क्षेत्रमा पार्कहरू निर्माण गरिसकिएको बताए ।

सार्वजनिक जग्गालाई अतिक्रमणबाट जोगाउन नदी किनारमा ‘बुद्ध पार्क’ बनाउन उनले छिमेकी काठमाडौं महानगरलाई सुझाए।

नदी किनारका सार्वजनिक जग्गालाई अतिक्रमणबाट जोगाउन नदी किनारका खाली क्षेत्रमा बुद्धका मूर्तिसहितका आकर्षक पार्क निर्माण गर्नसके त्यसको उचित व्यवस्थापन हुने र भविष्यमा पुनः हुन सक्ने अतिक्रमणलाई रोक्न सकिने बताए।

उनले आफ्नो कार्यकालमा सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। मेयर पदमा दुई कार्यकाल मात्र बस्न पाउने प्रावधान रहेकाले उनको यो अन्तिम कार्यकाल हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार