काठमाडौं, वैशाख १९ :

राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालयको बैठक बोलाएको छ।

सभापति रवि लामिछानेको निर्देशनमा भोलि बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार बैठक दिउँसो १२:३० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ। बैठकमा सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम खासगरी सरकारले अघि बढाएको अध्यादेश र सुकुम्वासी बस्तीमा डोजर चलाएपछि चर्को आलोचना भइरहेको बेलामा सभापति लामिछानेले पार्टी बैठक बोलाएका हुन् ।