मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

विपक्षी दलहरुले सभामुखलाई सोधे - संसद् रोकेर किन अध्यादेश ल्याएको ?

सुकुमवासी बस्ती भत्काएको र अध्यादेश ल्याएकोमा विपक्षीको आपत्ति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ वैशाख, २०८३ मा प्रकाशित
विपक्षी दलहरुले सभामुखलाई सोधे - संसद् रोकेर किन अध्यादेश ल्याएको ?
काठमाडौं, वैशाख २१ :

प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले सुकुमबासी बस्तीमा उचित व्यवस्थापनबिना डोजर चलाइएको र संसद् अधिवेशन स्थगित गरी अध्यादेश ल्याइएको विषयमा आपत्ति जनाएका छन्।

सोमबार सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा बोलाएको प्रमुख सचेतक र सचेतकहरूको बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरूले सरकारका यी कदमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

बैठकमा एमाले सचेतक निता घतानी, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले सुकुमबासीहरूको उचित व्यवस्थापन नगरी घर भत्काइएको र आह्वान भइसकेको सङ्घीय संसद् अधिवेशन रोकिएको विषय उठाएका थिए।

बैठकपछि घतानीले सुकुमबासीहरू विस्थापित भई समस्यामा परेको र सरकार अध्यादेशमार्फत शासनतर्फ उन्मुख भएको विषयमा विपक्षी गम्भीर बनेको बताइन्। उनले यस विषयमा विपक्षी दलहरू अब विकल्पबारे समेत सोच्न बाध्य भएको उल्लेख गरिन्।

उक्त प्रश्नको जवाफमा सभामुख अर्यालले मन्त्रिपरिषद्ले छिट्टै सङ्घीय संसद्को अधिवेशन पुनः आह्वान गर्ने जानकारी दिएको बताएका छन्।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन बोलाएका थिए। तर, सरकारको पत्रपछि सो अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार