शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

कीर्तिपुरमा धारिलो हतियार प्रयोग गरी युवकको ह*त्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ वैशाख, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, वैशाख २३ :

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या गरिएको छ ।

आज दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्ने छ ।” प्रारम्भिक जानकारीअनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार