बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति

‘आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन प्रधानमन्त्रीले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याए’

कांग्रेसलाई मान्य नहुने सभापति गगन थापाको चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ वैशाख, २०८३ मा प्रकाशित
‘आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन प्रधानमन्त्रीले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याए’
फाइल तस्बिर ।
काठमाडौं, वैशाख २३ :

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आरोप लगाएका छन् । 

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याएको दाबी गरे । संसद्‍ अधिवेशन आह्वान र बन्द गर्ने खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको भनाइ थियो ।

‘आफूले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने प्रपञ्च रचिएको छ,' उनले भने, ' यो भन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्तिका लागि पूरै जालझेल गर्नुभयो । अहिलेको प्रधानमन्त्रीले पनि त्यही जालझेल गर्दै हुनुहुन्छ । यो आपत्तिजनक छ ।' प्रधानमन्त्रीका मान्छेलाई प्रधानन्यायाधीश बनाउने कुरा कांग्रेसलाई मान्य नहुने थापाले चेतावनी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार