
काठमाण्डौँ, साउन १८ः हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् ।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका-५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका-१३ का ३५ वर्षीया सुनिता तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पनि पक्राउ गरेको प्रछ ।