सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति #डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति
राजनीति

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध शनिबारदेखि १० दिनभित्र उजुरी गर्न आह्वान

स्पष्ट आधारसहित विधुतीय वा अन्य कुनै पनि माध्यमबाट उजुरी दिन सकिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ वैशाख, २०८३ मा प्रकाशित
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध शनिबारदेखि १० दिनभित्र उजुरी गर्न आह्वान
काठमाडौं, वैशाख २५ :

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीमा सिफारिस डा. मनोजकुमार शर्माविरुद्ध उजुरी गर्न आह्वान गरेको छ । शुक्रबार बसेको समितिको बैठकले शनिबारबाट लागू हुनेगरी १० दिने सूचना जारी गर्ने निर्णय गरेको छ ।

जेठ ५ गते बस्ने बैठकमा उजुरीमाथि छलफल हुने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विधुतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए । 

समितिले शर्मामाथि परेका उजुरीका सम्बन्धमा छलफल गरेर प्रस्ताव पारित गर्दै राष्ट्रपति समक्ष प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ।

तत्पश्चात राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो रोकलक्रममा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार