शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति प्रदेश मधेस प्रदेश

सुकुमवासीको आवासको हकलाई व्यवस्थित गर्न सरकारलाई घिसिङको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ वैशाख, २०८३ मा प्रकाशित
सुकुमवासीको आवासको हकलाई व्यवस्थित गर्न सरकारलाई घिसिङको आग्रह
काठमाडौं, वैशाख २७ :

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् । जिल्लाको चन्द्रपुर—२ टेम्पुपार्कमा आज आयोजित कोणसभामा उनले वर्षौंदेखि समस्याका रूपमा रहेका समस्या समाधान गर्दै सुकुमवासीको आवासको हकलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गरे ।

अध्यक्ष घिसिङले संविधानप्रदत्त शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षालगायत मौलिक हक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । “वर्षौंदेखि सुकुमवासी, अव्यवस्थित बसोबासी, भूमिहिन नागरिकका समस्या समाधान भइहरेका छैनन् । एउटा दीर्घकालीन योजना बनाएर अगाडि बढौँ । ऐलानी जमिनमा बसोबास गदै आइरहेका नागरिकका समस्या पनि कानुनी रूपले समाधान गरौँ”, उनले भने ।

यहाँ चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक जग्गा, राजमार्ग, बजार क्षेत्र, राजकुलोलगायत सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घरटहरालगायत संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ ।

नगरपालिकामा दुई हजार ११९ परिवार भूमिहीन दलित, चार हजार ८६६ भूमिहीन सुकुमवासी र ११ हजार ७९५ परिवार अव्यस्थित बासोबासी रहेका जिल्लास्थित भूमि समस्या समाधान आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार