काठमाडौं, वैशाख २८ :
प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ । सिंहदरबारमा भएको बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् ।विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई बोल्न आकस्मिक समय उपलब्ध गराएपछि सांसदहरू बसेका छन् । आकस्मिक समयमा सांसदहरुले विकल्पबिना सुकुम्वासी बस्ती हटाइएको भन्दै त्यसप्रति सरकारको कार्यशैलीको विरोध जनाएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने