काठमाडौं, वैशाख ३० :

विपक्षी दलहरूको अवरोधकाबीच सभामुख डीपी अर्यालले बैठक पुन: सञ्चालनका लागि प्रयास गरिरहेका छन् । विपक्षी दलहरुले उठर विरोध गरिरहेपछि सभामुखले बैठक पुन: दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरेका छन् । नीति तथा कार्यक्रम माथिको छलफल अगाडि बढाउन पटकपटक आग्रह गर्दा पनि विपक्षी दलहरु मानेनन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित हुनुपर्ने माग गर्दै आएका छन् । विपक्षी दलहरूले संसद बैठक अवरोध गरिरहेपछि सभामुखले हिजोका दिनमा बनाइएको नियमावली पढेर सुनाए । उनले प्रधानमन्त्रीको अनुपस्थितिमा निजले तोकेको मन्त्री उपस्थिति हुने कुरा सुनाए । 

विपक्षीले संसद अवरोध गरेपछि सभामुख अर्यालले राजनीतिक दलका नेता तथा प्रमुख सचेतकहरूसँग पुन: छलफल थालेका छन् ।