नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
गत वर्ष साउन ५ र ६ मा बसेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता ‘पेन्डिङ’राखेको थियो । त्यतिबेला भण्डारीले सदस्यता नवीकरण गरेको भने पनि केन्द्रीय कमिटीले त्यसलाई मान्यता दिएको थिएन ।
राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउने उनको चाहनालाई लिएर एमालेका नेताहरु नै दुई पक्षमा विभाजित हुँदा पार्टीभित्र विवाद चुलिएको थियो । गत वर्ष साउन ५ र ६ को केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको थियो । एक दिनअघि भएको ३३ औं मदन-आश्रित स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि बनाएर एमालेले उनको राजनीतिक सक्रियता प्रस्टयाएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो
प्रतिकूल मौसमका कारण कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए