काठमाडौं, जेठ ६ :

शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।

 मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।