सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले #प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले
खेलकुद फुटबल

महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ जेठ, २०८३ मा प्रकाशित
महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल
काठमाडौं, जेठ ७ :

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन्।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे।

मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताए ।

उनले सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारकोतर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताए । कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झण्डा र जर्सी हस्तान्तरण गरेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले सरकारको नीतिअनुसार नेपाली फुटबलले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।

यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार