बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
समाचार प्रदेश मधेस प्रदेश

रास्वपा बाराको बैठकमा विवाद, कार्यकर्ताले सांसदलाई नै लखेटे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ जेठ, २०८३ मा प्रकाशित
रास्वपा बाराको बैठकमा विवाद, कार्यकर्ताले सांसदलाई नै लखेटे
बारा, जेठ ९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला समितिको विस्तारित बैठकमा शनिबार विवाद उत्पन्न भएपछि कार्यकर्ताले सांसदहरूलाई बैठकस्थलबाट बाहिरिन बाध्य बनाएका छन्।

कलैयामा जिल्ला अधिवेशनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा संस्थापन पक्षलाई दबाबमा राख्ने प्रयास भएपछि विवाद सुरु भएको बताइएको छ। विवाद चर्किँदै गएपछि कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही सांसदहरूलाई बैठकस्थलबाट बाहिर जान बाध्य पारेका थिए।

बैठकमा रास्वपाका प्रतिनिधिसभा सदस्य चन्दन सिंह, रहबर अन्सारी, अरविन्द साह र गणेश धिमाललगायत नेताहरू सहभागी थिए।

पार्टीका स्थानीय नेता चन्दन स्वर्णकारलाई केही दिनअघि पार्टीबाट निष्कासन गरिएको विषयलाई लिएर रास्वपा बाराभित्र आन्तरिक विवाद बढ्दै गएको छ। सोही विषयको असन्तुष्टि बैठकमा पनि देखिएको बताइएको छ।घटनापछि जिल्ला समितिभित्रको विवाद थप चर्किने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार