बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
समाचार

पर्यटन मन्त्रालयअन्तर्गतका रिक्त निकायमा चार हजार ३४८ जनाको आवेदन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ जेठ, २०८३ मा प्रकाशित
पर्यटन मन्त्रालयअन्तर्गतका रिक्त निकायमा चार हजार ३४८ जनाको आवेदन
काठमाडौं, जेठ १२ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गतका विभिन्न १७ निकायमा चार हजार ३४८ जनाको आवेदन परेको छ । मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १७ वटा विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा चार हजार ३४८ जनाले आवेदन परेको हो ।

आवेदन दिनेमा नेपाल पर्यटन बोर्डमा ८५५, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ५७८, पशुपति क्षेत्र विकास कोषमा ४७६, लुम्बिनी क्षेत्र विकास कोषमा ४६५, नेपाल प्रज्ञा प्रतिष्ठानमा ४३८, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा १९६ जनाले आवेदन दिएका छन् ।

यस्तै, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १८६, ललितकला प्रज्ञा प्रतिष्ठानमा १६६, सांस्कृतिक संस्थानमा १५१, नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानमा १४९ र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, बौद्धनाथ क्षेत्र विकास समिति, तारा गाउँ विकास समिति, पाटन सङ्ग्रहालयलगायत अन्य निकायमा पनि उल्लेख्य आवेदन परेको छ । सबै आवेदनको मूल्याङ्कन समितिद्वारा अध्ययन तथा छानबिन भइरहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार