
काठमाडौं, जेठ १५ :
गणतन्त्र दिवस २०८३ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहका क्रममा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन्।
समारोह चलिरहेकै बेला जवान अचानक बेहोस भएर ढलेपछि नेपाली सेनाको टोलीले तत्कालै उद्धार गरी उपचारको व्यवस्था गरेको थियो। जवानको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। बिहानैदेखि तयारीमा बस्नुपर्दा सुगर, प्रेसर तथा खाली पेटका कारण पनि ती जवानमा स्वास्थ्य समस्या देखिएको हुन सक्ने अनुमान गरिएको छ ।
सरकारले हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै आएको छ। सोही अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री, सभामुख तथा विभिन्न मन्त्री र उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो।