आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

सभामुखले नै बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन एमालेको माग

सभामुखले नियमावली विपरीत अभिव्यक्ति दिए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
सभामुखले नै बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन एमालेको माग
काठमाडौं, जेठ १७ :

प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख डीपी अर्यालले बोलेका केही शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीका सम्बन्धमा बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् । सभामुख अर्यालले नियमावलीमा व्यवस्था भएको कुरालाई पनि नभएको भनी अभिव्यक्ति दिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर विषयमा सभामुखले ३ दिन अगाडि प्रश्न लिने कुरा नियमावलीमा कहीँ पनि व्यवस्था गरिएको छैन भनेका थिए । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भन्ने व्यवस्था गरिएको छ। त्यसमा प्रधानमन्त्रीसँग कसरी प्रश्नोत्तर गर्ने, कहिले, कति भन्ने विषयमा स्पष्टसँग व्याख्या गरिएको छ ।

तर, आफ्नै कुरो भएकाले सभामुखले त्यस विषयमा कुनै ध्यानाकर्षण गरेनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार