बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती : नेकपा

‘सीमा मिच्नु र भोगचलन हुनु फरक कुरा हो’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती : नेकपा
काठमाडौं, जेठ १८ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका छ। सोमबार विज्ञप्ति जारी गर्दै नेकपाका प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती रहेको बताएका हुन्।

‘भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो’, विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा शाहले ऐतिहासिक तथ्यलाई तोडमोड गरेकोसमेत उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सीमा मिच्नु र भोगचलन हुनु फरक कुरा भएको ज्वालाले विज्ञप्तिमार्फत् बताएका छन्। नेपाल र भारत सिमामा भोगचलनमा एकले अर्कोको जमिन प्रयोगलाई अतिक्रमत भन्न नमिल्ने विज्ञप्तिमा जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार