बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
राजनीति

प्रधानमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा तरुण दलको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा तरुण दलको प्रदर्शन
काठमाडौं, जेठ १८ :

प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले काठमाडौमा विरोध प्रदर्शन गरेको छ । नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तरुण दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

सीमाका बारेमा प्रधानमन्त्रीको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको बिरुद्ध भएको तरुण दलले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले कार्यकारी प्रमुख हो की देशकै बोझ, प्रधानमन्त्रीज्यू चुच्चे नक्सा नबिर्सनु है, बीर पुर्खाको अपमान सहदैन नेपाल, देशको सीमा र स्वाभिमान हाम्रो प्राण लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तरुण दलका अध्यक्ष मनिष कोइरालाले सीमाका बारेमा प्रधानमन्त्रीले गैरजिम्मेवारी ढंगले अभिव्यक्ति दिएको भन्दै तत्काल सदनमार्फत माफी माग्दै राजीनामा दिनुपर्ने बताए । उनले यस विषयमा प्रधानमन्त्री र रास्वपाले स्पष्ट पार्नुपर्ने माग गरे ।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार