मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सभामुखको गुनासो : विपक्षी दलले संवाद गर्न चाहेनन्, नियमावली अनुसार अघि बढ्न बाध्य भएँ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
सभामुखको गुनासो : विपक्षी दलले संवाद गर्न चाहेनन्, नियमावली अनुसार अघि बढ्न बाध्य भएँ
काठमाडौं, जेठ १८ :

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा देखिएको समस्या समाधान गर्न खोज्दा विपक्षी दलको साथ नपाएको बताएका छन् ।

सोमबार बिपक्षी दलका सांसदहरुले सदनको कामकारवाही अघि बढाउन अवरोध गरेपछि सभामुख अर्यालले विपक्षी दलका सदस्यहरुलाई पटक–पटक संवाद गर्नको लागि बोलाए पनि विपक्षी दलबाट समय नपाएको गुनासो पोखे । 

उनले सभामुखको हैसियतले आफूले संम्वादलाई प्राथमिकता दिएपनि विपक्षी दलबाट नजरअन्दाज भएपछि प्रक्रिया अनुसार नै अघि बढ्ने अवस्था आएको धारणा राखे ।

सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावली अनुसार नै अघि बढाइएको उल्लेख गरे । सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरुलाई निर्णयार्थमात्रै प्रस्तुत गर्न सक्ने भन्दै उनले स्वीकार गर्ने या अस्वीकृत गर्ने भन्ने सांसदहरुकै विषय भएको बताए । 

सभामुख अर्यालले आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेको समेत बताए। त्यस्तै उनले सदनमा विरोधको प्रतिष्पर्धा भन्दा पनि देश, राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गर्न सुझाव दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार