बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

दसैँमा आयल निगमका डिपोहरू आलोपालो गरि खुल्ने

· बुधबार, २४ असोज, २०८१ मा प्रकाशित
दसैँमा आयल निगमका डिपोहरू आलोपालो गरि खुल्ने
काठमाण्डौँ , असोज २४ :

दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो गरि खुल्ने भएका छन् । 

दसैँको समयमा हुने पेट्रोलियम पदार्थको मागलाई सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालय अन्तर्गत रहेका डिपोहरू आलोपालोमा खोल्न लागिएको निगमले जनाएको छ।

तालिका अनुसार थानकोट र धनगढी डिपो तीन दिन खुल्नेछ । विराटनगर, अमलेखगञ्ज, पोखरा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । दाङको इन्धन डिपो एक दिन र नेपालगञ्ज र धनगढीको डिपो आवश्यकता अनुसार खुल्ने निगमले जनाएको छ ।

निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्ति तोकेको र तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार