आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

सभामुखको भूमिकाप्रति एमालेको आशंका, सदनलाई सरकारको छायाँ जस्तो बनाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ जेठ, २०८३ मा प्रकाशित
सभामुखको भूमिकाप्रति एमालेको आशंका, सदनलाई सरकारको छायाँ जस्तो बनाए
काठमाडौं, जेठ २१ :

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारलाई सर्वसत्तावाद हावी भएको बताएका छन् । बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा महरले संविधान, ऐन कानुन भन्दामाथि जस्तो गरी प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हावी भएको बताए ।

उनले सरकारका साथै सभामुखको भूमिकाप्रति पनि आफूहरुको प्रश्न रहेको बताए । निरन्तरतामा क्रमभङ्गताका नाममा प्रचलित सबै अभ्यास र कानुनहरुलाई नजरअन्दाज गरेर फरक ढङ्गले प्रधानमन्त्री अघि बढ्न खोजेको उनले आरोप लगाए ।

उनले सदनलाइ सरकारको छायाँ जस्तो गरी सभामुखको कार्यशैली उन्मुख देखिएकाले आफूहरुले सरकार र सभामुखको भूमिकाप्रति प्रश्न उठाउदै सदनमा विरोध जनाएको बताए । सदनमा विरोध गरेर जनताको आवाजलाई अवरोध गर्ने आफूहरुको रहर नभएको उनको भनाइ छ ।

उनले सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षीको जिम्मेवारी बहन गरेको भन्दै लामो समयको सदन अवरोधले देशलाई राम्रो गर्दैन भन्ने कुरामा संवेदनशील रहेको जिकिर गरे । त्यस्तै उनले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका उत्पन्न भएको समेत बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार