काठमाडौं, जेठ २१ :

परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाँदैछन्।  भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री खनाल शुक्रबारनै भारत भ्रमणमा जाने जानकारी गराएको छ।

भारत भ्रमणका क्रममा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जालगायतका क्षेत्रमा आपसी सहकार्यलाई बढाउनेलगायत दुई पक्षीय हितमा छलफल हुने मन्त्रालयको भनाइ छ। मन्त्री खनाल ७ जुन (२४ जेठ) मा स्वदेश फर्कने कार्यक्रम छ।

रास्वपा सभापति रवि लामिछाने भारतमै रहेको समयमा परराष्ट्रमन्त्री खनाल पनि भारत जानुलाई महत्वका साथ हेरिएको छ । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल अहिले भारतमै उच्च राजनीतिक भेटवार्तमा व्यस्त छ । सभापति लामिछानेलाई भारतले  विशेष सम्मानमात्र गरेको छैन निकै महत्व पनि दिएको छ । कतै भारतले रास्वपाको माध्यमबाट देशलाई भड्खालोमा त हाल्ने होइन भन्ने पनि चासो र चिन्ता व्याप्त छ ।