
विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् । सदस्य पदका लागि २२ जनाले आवेदन परेको छ । अध्यक्षसहित चार सदस्य पदका लागि १५ दिनको समयसीमा राखेर खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिले प्राप्त आवेदनमाथि अध्ययन गरी छनोट प्रक्रिया अघि बढाउनेछ।
आयोगको अध्यक्ष पदमा दरखास्त दिनेहरूमा ई. रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार,मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी , डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदी रहेका छन् ।
सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन छ ।