सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति भिडियो

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान, के छ कार्यक्रम?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ जेठ, २०८३ मा प्रकाशित
परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान, के छ कार्यक्रम?
काठमाडौं, जेठ २२ :

परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। खनाल शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमण गरेका छन्।

भारत प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सरकार बनेपछि यो पहिलो उच्च स्तरीय भ्रमण भएको बताए। भ्रमणका क्रममा देशको प्राथमिकताका विषयमा केन्द्रित रहेर छलफल हुने खनालको भनाइ थियो।

नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिलाअन्तर्गत यो भ्रमण भएको उनले बताए। दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन यो भ्रमण फलदायी हुने उनको विश्वास थियो।

परराष्ट्र मन्त्रालयका अनुसार, भारत भ्रमणका क्रममा खनालले भारतीय समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। दुवै देशका विदेशमन्त्रीबीच आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने भ्रमण तालिका रहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार