सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति

‘प्रधानमन्त्रीबाट भुल सुधार गरियोस् , संसद्‌मा क्षमा मागियोस्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ जेठ, २०८३ मा प्रकाशित
‘प्रधानमन्त्रीबाट भुल सुधार गरियोस् , संसद्‌मा क्षमा मागियोस्’
काठमाडौं, जेठ २५ :

प्रधानमन्त्री बालेन शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्‌मा कडा आपत्ति जनाएको छ। एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले संसद्‌मै क्षमा माग्नुपर्ने अडान लिइन् । सोमबार बैठक सुरु हुनासाथ विरोध स्वरूप विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेका थिए।

उपनेता अर्यालले प्रधानमन्त्रीको कूटनीतिक अपरिपक्वता र पदीय जिम्मेवारीमाथि प्रश्न उठाइन् ‘प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो,’ उपनेता अर्यालले भनिन्, ‘प्रधानमन्त्रीबाट यो भुल सुधार गरियोस् र संसद्‌मा क्षमा याचना गरियोस्।’ एमालेले प्रधानमन्त्रीले माफी नमागेसम्म सदनको कारबाही अगाडि बढ्न नदिने चेतावनी दिँदै आएको छ ।

गत जेठ १७ मा प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको धेरै सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उनले दिएको एउटा अभिव्यक्तिले अहिले राजनीतिक रूपमा ठुलो विवाद निम्त्याएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार