बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार

प्राधिकरणका कर्मचारी यादव भ्रष्टाचारी ठहर

एक वर्ष कैद र सवा करोड जरिवाना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ जेठ, २०८३ मा प्रकाशित
प्राधिकरणका कर्मचारी यादव भ्रष्टाचारी ठहर
काठमाडौं, जेठ २९ :

उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनामा कार्यरत अमिन दिनेशप्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र झण्डै सवा करोड जरिवानाको फैसला सुनाएको छ।

वैधानिक आम्दानीभन्दा एक करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बढी गैरकानुनी रुपमा आर्जन गरेको देखिएपछि उनलाई सोही रकम बराबर जरीवाना तिराउने फैसला भएको छ। फैसला चित्त नबुझेमा यादवले तोकिएको अवधिभित्रै सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार