
काठमाडौं, जेठ ३१ :
लोकसेवा आयोगको ७६ औं वार्षिकोत्सव तथा हीरक जयन्ति वर्ष २०८३ को अवसरमा आज बिहान प्रभातभरीको आयोजना गरिएको छ । लोकसेवा आयोगको कार्यालयबाट सुरु भएको प्रभातफेरी अनामनगर, सिंहदरवार, सर्वोच्च अदालत, पुतलीसडक परिक्रममा गर्दै कमल पोखरी पुगेर समापन भएको थियो।
प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले योग्यता, दक्षताका आधारमा कर्मचारीको व्यवस्थापन गर्ने काम गरिरहेको बताए। साथै आयोगले निश्पक्षता, स्वच्छतालाई मूलमन्त्र बनाएर पारदर्शी काम गरिरहेको उनको भनाइ थियो ।
आयोगले यस वर्ष लोकसेवा आयोगको प्रतिवद्धता, प्रतिस्पर्धात्मक छनौटको सुनिश्चित्ता नारा तय गरेको छ । प्रभातफेरीमा सम्बद्ध संघ संस्थाका कर्मचारीहरुको पनि सहभागिता रहेको आयोगका प्रवक्ता तथा सहसचिव पुरुषोत्तम शर्माले बताए ।