मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी #संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी
समाचार

पूर्वाधार मन्त्री लम्सालले दिए ठेकेदारको खुट्टा भाँच्ने चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ असार, २०८३ मा प्रकाशित
पूर्वाधार मन्त्री लम्सालले दिए ठेकेदारको खुट्टा भाँच्ने चेतावनी
फाइल तस्बिर ।
काठमाडौं, असार १ :

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समयमै काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँचिदिने चेतावनी दिएका छन्। मन्त्री लम्सालल् समयमै काम नगरेको भन्दै फिल्डमै निर्माण व्यवसायीको खुट्टा भाँचिदिने चेतावनी दिएका हुन्।

 नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षण गर्न पुगेका लम्साललाई स्थानीयले बिजुलीको पोल नसार्दा समस्या भएको गुनासो गरेका थिए । बिजुलीको पोल नसार्दा समस्या भएको गुनासोपछि लम्सालले चाँडो काम गर्न निर्देशन दिए ।

मन्त्री लम्सालले भने, ‘यो जुन पोलवाला छन्। बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनू । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन।’

मन्त्रीको अभिव्यक्तिप्रति सर्वत्र विरोध भएको छ। यसअघि चुनावी सभामा हालका प्रधानमन्त्री बालेन्द्र शाहले समयमै बाटो नबनाउने ठेकेदारलाई सडकमा घिसारेर  हुन्छ कि रुखमा बाँधेर हुन्छ समयमै काम सक्नु पर्ने बताएका थिए । रास्वापाका मन्त्री तथा सांसदहरुको उत्तेजक अभिव्यक्तिलाई लिएर आलोचना सुरु भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार