मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
राजनीति

मन्त्री लम्साल भन्छन्: ‘खुट्टा भाच्ने’ भनाइ कसैलाई लक्षित थिएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ असार, २०८३ मा प्रकाशित
मन्त्री लम्साल भन्छन्: ‘खुट्टा भाच्ने’ भनाइ कसैलाई लक्षित थिएन
काठमाडौं, असार ४ :

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो वर्ष केही आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताए । उनले पहिलो वर्षमा आयोजनाहरुमा छुट्टाइएको बजेट कम भए रकमान्तर गरेर भएपनि पूर्ति गरिने उल्लेख गरे।

मन्त्री लम्सालले मन्त्रालयको बजेट करिव ३ खर्बको रहेपनि आगामी आर्थिक बर्षमा १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको बताए । उनले संघीय सरकारको क्षेत्रमा पर्ने सडक निर्माणका लागि प्रयाप्त बजेट विनियोजन भएको र सांसदहरुको मागका आधारमा सबै क्षेत्रलाई प्राथमिकता राखेको धारणा राखे । काम नगर्ने ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्तिप्रति मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउने प्रयास मात्रै आफूले गरेको र कसैलाई दु:ख दिने आशय नभएको स्पष्ट पारे ।

उनले ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा ठेक्का रद्द गर्नुपर्ने र यसका कारण समय र स्रोत समेत खेर जाने अवस्था आउनसक्ने भएकाले सचेत गराएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार