काठमाडौं, असार ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज चितवनको भरतपुरमा बस्दैछ ।

महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो । भोलीबाट चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु हुदैछ ।

आज दिउँसो १ बजे सुरु हुने बैठकमा महाधिवेशन लगायतका एजेन्डामा छलफल हुने बताईएको छ ।

बैठकमा राष्ट्रिय महाधिवेशन,महाधिवेशन प्रतिनिधि,प्रतिवेदन,विधान संशोधन प्रमुख एजेन्डा रहेको बताइएको छ ।