काठमाडौ,साउन १८: सरकारले यही साउन २० गते आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज गृह मन्त्रालयले एक सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको अवसर पारेर काठमाडौ उपत्यकाका ३ जिल्लाहरु काठमाण्डौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।