बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
समाचार भिडियो

सडकपेटी आश्रित दृष्टिविहीनद्वारा काठमाडौंमा प्रदर्शन

गाँस, बास र कपासको ग्यारेन्टी गरियोस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ असार, २०८३ मा प्रकाशित
सडकपेटी आश्रित दृष्टिविहीनद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौं, असार ८ :

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे। 

नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको उनले बताए । राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

राज्यले आफूहरुलाई रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार