
फाइल तस्बिर ।
सुर्खेत, असार ८ :
एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न अघि भैसेपाटीस्थित निवासमा पनि विभागको टोलीले छापा मारेको जनाइएको छ। एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य समेत रहेका पौडेले सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए।