बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार

काठमाडौं उपत्यकासहित ११ जिल्लाका ८२ ठाउँमा देखियो बर्ड फ्लु

पाँच लाख ६९ हजार ८५८ पन्छी नष्ट गरियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ असार, २०८३ मा प्रकाशित
काठमाडौं उपत्यकासहित ११ जिल्लाका ८२ ठाउँमा देखियो बर्ड फ्लु
काठमाडौं, असार ९ :

काठमाडौँ उपत्यकासहित  ८२ स्थानमा बर्ड फ्लु देखिएको छ । देशका ११ जिल्लामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर,झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी र कांभ्रेपलाञ्चोकका ८२ स्थानमा बर्ड फ्लु देखिएको विभागका महानिर्देशक डा. उमेश दाहाल जानकारी दिए।

महानिर्देशक दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बर्ड फ्लु देखिएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। 
केही दिनअघि ललितपुरको जावलखेलस्थित सदर चिडियाखानामा समेत बर्ड फ्लु देखापरेपछि अहिले चिडियाखाना बन्द गरिएको छ।

विभागका अनुसार, पछिल्लो समय पाँच लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ। अहिले काठमाडौँ ‘हटस्पट’ बनेको छ। पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न विभागले सचेत गराएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार