मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना #स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना
राजनीति

पार्टी र नेतृत्वविरुद्ध राज्यका तीनै अंगको दुरुपयोग गरियो : रवि लामिछाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ असार, २०८३ मा प्रकाशित
पार्टी र नेतृत्वविरुद्ध राज्यका तीनै अंगको दुरुपयोग गरियो : रवि लामिछाने
चितवन, असार ९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीविरुद्ध राज्यका तीनवटै अंगको दुरुपयोग  गरिएको आरोप लगाएका छन्। लामिछानेले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै अंगको दुरुपयोग गरी आफूहरूलाई निशाना बनाइएको आरोप लगाएका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’मा लामिछानेले २०८१ साउनमा नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएसँगै रास्वपा तथा आफ्नाविरुद्ध खुला राजनीतिक प्रतिशोध सुरु भएको दाबी गरेका छन्।

उनका अनुसार व्यवस्थापिकाअन्तर्गत संसदीय छानबिन समितिको निर्णयलाई राजनीतिक उपकरणका रूपमा प्रयोग गरियो भने कार्यपालिकालाई ‘अत्याचारको कारखाना’ बनाइयो। न्यायपालिकाको समेत दुरुपयोग गरिएको उनको दाबी छ।

प्रतिवेदनमा उनले संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता आरोप लगाएर राजनीतिक रूपमा लक्षित गरिएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा रास्वपा र यसको नेतृत्वलाई कानुनी, राजनीतिक तथा संस्थागत रूपमा जटिल चक्रव्यूहमा फसाउने प्रयास गरिएको उल्लेख गरिएको छ।  लामिछानेले उक्त घटनाक्रमलाई आफूहरूविरुद्ध गरिएको देशकै सबैभन्दा ठूलो संगठित राजनीतिक अपराधको संज्ञा दिएका छन्।

षड्यन्त्रकारीहरूले “रास्वपा सकियो” भन्ने निष्कर्षसमेत निकालिसकेको अवस्थामा आफूहरू जनताको अदालतमा पुगेको लामिछानेको भनाइ छ। उनले आफूहरूविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधमा ४० लाखभन्दा बढी नागरिकले हस्ताक्षरमार्फत ऐक्यबद्धता जनाएको दाबी गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार