धनगढी, असार ११ :

कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका-७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङका क्रममा ग्रिनेड पड्किएर सहसेनानीसहितदुई सैनिक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उक्त विस्फोटबाट सहसेनानी हिमराज जोशी र हुद्दा हिमालविक्रम विष्ट घाइते भएका छन् । दुबै जनाको शरीरका विभिन्न भागमा छर्रा लागेको प्रहरीले जनाएको छ । घाइते सैनिकको गोराङ्गे ब्यारेकमै उपचार भइरहेको डीएसपी तिमिल्सिनाले बताए ।