शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति प्रदेश

रास्वपा महाधिवेशन : पदाधिकारी चयनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिको आक्रोश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ असार, २०८३ मा प्रकाशित
रास्वपा महाधिवेशन : पदाधिकारी चयनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिको आक्रोश
चितवन, असार १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केहि प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार अपरान्ह मतदानका लागि तोकिएको पाँच बजेको समय सकिएसंगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केहि प्रतिनिधिहरुले असन्तुष्टि जनाएका हुन् ।

अपरान्ह पाँच बजेर २ मिनेटमा मतदानस्थल पुग्दा मतदान गर्न नदिएको उनीहरुले जनाएका छन् । उनीहरुले तीन दिनका लागि तोकिएको महाधिवेशन ६ दिन पुराउदा केहि नहुने, तर आफूहरु केही मिनेट ढिलो पुग्दा मतदानको अवसरबाट बञ्चित गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । मतदान गर्न नपाएकाहरु प्रायसबै रौतहटका प्रतिनिधि थिए ।

करिव ४ हजारको संख्यामा प्रतिनिधि रहेकोमा पदाधिकारी निर्वाचनमा १५ सय भन्दा कम मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार