बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

मिडियामा बोलेकै कारण सुकुम्वासी डम्बर तामाङ पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
मिडियामा बोलेकै कारण सुकुम्वासी डम्बर तामाङ पक्राउ
काठमाडौं, असार १५ :

मिडियामा बोलेका सुकुम्वासी डम्बर तामाङ पक्राउ परेका छन् । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय तामाङलाई प्रहरीले आइतबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा होल्डिङ सेन्टरबाटै पक्राउ गरेको हो।

तामाङ थापाथलीबाट विस्थापित सुकुम्वासी हुन्।तामाङको पक्राउलाई लिएर सरकारको व्यवहारप्रति प्रश्न उठाइएको छ। सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ बसिरहेका सुकुम्वासीहरूले विरोध जनाउँदै आएका छन्। 

उनीहरूको माग पहिले उचित व्यवस्थापन गरेर मात्रै अन्यत्र स्थानान्तरण गर्नुपर्ने रहेको छ। उनीहरूले आफूहरूको व्यवस्थापन नगरी जबरजस्ती उठिबास लगाउन खोजिएको आरोप लगाएका छन्।

पछिल्लो समय सुकुम्वासीसम्बन्धी समाचार संकलनमा समेत कडाई गरिएको छ। सुरक्षामा खटिएका कर्मचारीहरूले माथिल्लो निकायबाट रिपोर्टिङका लागि अनुमति नभएको बताउने गरेका छन् । तर,  समाचार संकलनमा रोक नलगाइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार