
काठमाडौं, असार १६ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ।
पार्टीका अनुसार शपथ ग्रहण कार्यक्रम काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बिहान ११ बजे आयोजना गरिनेछ।
चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए। निर्वाचन परिणाम घोषणा भएकै दिन सभापति रवि लामिछानेले भरतपुरमै पद तथा गोपनीयताको शपथ लिएका थिए।
बाँकी नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने बुधबार हुने कार्यक्रममार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।