बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

हेल्मेटबिना मोटरसाइकल चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकको ‘चिट’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ असार, २०८३ मा प्रकाशित
हेल्मेटबिना मोटरसाइकल चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकको ‘चिट’
कैलाली, असार १८ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हेल्मेट नलगाई मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले ‘चिट’ काटेको छ।

मुख्यमन्त्री शाहले मंगलबार साँझ आफ्नै निवासको आँगनमा हेल्मेटबिना मोटरसाइकल चलाएका थिए। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले ट्राफिक प्रहरीलाई ट्याग गर्दै कानुनी कारबाही गर्न माग गरेका थिए।

सोही घटनापछि बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गत ट्राफिक प्रहरीको टोलीले मुख्यमन्त्री शाहलाई हेल्मेट नलगाई सवारी चलाएको उल्लेख गर्दै ‘चिट’ काटेको हो। ट्राफिक प्रहरीले ‘चिट’ मुख्यमन्त्री शाहलाई नै बुझाएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार