बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

आठ एआईजीको सरुवा, उपत्यकामा राठौर र सीआईबीमा चतुर्वेदी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ असार, २०८३ मा प्रकाशित
आठ एआईजीको सरुवा, उपत्यकामा राठौर र सीआईबीमा चतुर्वेदी
काठमाडौं, असार १८ :

नेपाल प्रहरीका आठ अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै एआईजीको सरुवा गर्ने निर्णय गरेको हो। जसअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट मनोज केसीलाई सरुवा गरी त्यहाँ उमाप्रसाद चतुर्वेदीलाई पठाइएको छ। केसीलाई अपराध अनुसन्धान विभागमा ल्याइएको छ ।

यस्तै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीलाई मानवस्रोत विभागमा सरुवा भएका छन्। उनको ठाउँमा सुशील सिंह राठौरले जिम्मेवारी पाएका छन्। 
मानव स्रोत विभागमा कार्यरत राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रतिष्ठानमा कार्यरत सिद्धिविक्रम शाहलाई कार्य विभागमा सरुवा गरिएको छ। प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विक प्रशासन विभागमा सरुवा भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार